सुदूरपश्चिम प्रदेशमा थप ५६३ जना संक्रमित पुस्टि, १४ जनाको मृत्यु

अत्तरिया, ३ जेठ- सुदूरपश्चिम प्रदेशमा सोमबार पछिल्लो २४ घण्टामा १ हजार २ सय ४४ नमूना पीसीआर तथा २९१ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गरी १ हजार ५ सय ३५ नमुना परिक्षण भएका हुन् ।

पछिल्लो २४ घण्टामा दुवै विधिबाट परिक्षण गर्दा ५६३ जनामा कोरोना पोजेटिभ र ९ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । १ हजार २ सय ४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४८७ जना संक्रमित भेटिएका छन् भने २९१ जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

Navadurga sun

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, र जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ जनाको नमूना परिक्षण गर्दा थप ५६३ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३७८ नमूना परीक्षण गर्दा १६९ जना, महाकाली अस्पतालमा १०४ नमूना परीक्षण गर्दा ७१ जना, डडेल्धुरा अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा ३७ जना, बैतडी अस्पतालमा १८९ जनाको नमूना परीक्षण गर्दा ७५ जना, डोटी अस्पतालमा १२७ जनाको नमूना परीक्षण गर्दा ६२ जना, र जिल्ला अस्पताल बझाङमा ३४२ जनाको नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।

दूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ३६ संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कैलालीका ४ जना, कञ्चनपुरका ६ जना, डोटी, अछाम, दार्चुला र बझाङका १।१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...