निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने

काठमाडौं- निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक पार्टीसँग छलफल गर्ने भएको छ। आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। आयोगका एक आयुक्तका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आयोग जाने वा नजाने जानकारी आइसकेको छैन।

Navadurga sun
Godawari sandesh

आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो। गत वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि आयोगले दलहरूसँग आचारसंहिताबारे छलफल गरेको थियो।

Couple
Loading...