

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले थारु समुदायको अटवारी पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको हो ।



शुक्रबार सूचना जारी गर्दै नगर प्रमुख पोतीलाल चौधरीले यही भदौ १२ र १३ गते नगरपालिका क्षेत्रभित्र दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको जनाएका छन् ।


