काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य घटेको छ। सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ।




सोमबार छापावाल सुनको मूल्य ९७ हजार ४०० रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ९०० रुपैयाँ प्रतितोला कायम भएको छ। यसअघि साताको पहिलो कारोबार दिन ९आइतबार० भने तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।


सोमबार तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार भने तोलामा २५ रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।




