कञ्चनपुरमा अबैध २ सय बोरा मलखाद बरामद





कञ्चनपुर, २४ बैशाख- कञ्चनपुरको बेलौरीबाट अबैध मलखाद बरामद गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नं. १० सडकघाटबाट प्रहरीले २ सय बोरा मलखाद बरामद बरामद गरेको हो । प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक लोकेश नाथको कमाण्डमा खटिएको टोलिले बिहीबार राती मलखाद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए ।


थापाका अनुसार २ थान भारतिय ट्रलीमा लोड गरिएको भारतिय युरिया मलखाद बरामद गरिएको जनाएको छ । कोरोनाको दोश्रो भेरियण्टका बेला लकडाउनको समय भारतिय नाकाहरु बन्द गरिएका बेला अबैध रुपमा भित्रिने समानहरुमा प्रहरीले कडाइ समेत गर्दै आइ रहेको छ ।



