किशोरीमाथि पेट्रोल छर्केर आगो लगाउने २ जना पक्राउ

बाजुरा,२२ बैशाख– किशोरीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा बाजुरा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
सोमबार राति जिल्लाको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा बिहे हेर्ने गएका बेला सोही नगरपालिका नं. ८ पन्ताली बस्ने १४ वर्षीया किशोरीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–८ का १६ वर्षीय सुमन गिरी र सोही ठाउँका शिखर थापा रहेका छन्। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...