सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैनः मन्त्री बडू

कैलाली- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले मात्रै सबै उद्योग चलाउन नसक्ने बताएका छन्। राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताएका छन्।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले यसरी सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याइएमा उत्पादन बढ्नाका साथै जनतालाई केही हदसम्म भए पनि रोजगारीको अवस्था सिर्जना गर्नमा मद्दत मिल्ने बताए।

Navadurga sun

‘सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र  निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ।’ मन्त्री बडूले भने, ‘यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ।’

मन्त्री बडूले भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र रुग्ण उद्योगलाई सञ्चालनका निमित्त विभिन्न मोडेलमा सञ्चालन गरिने धारणा व्यक्त गरे। समयमै मलको प्रबन्ध गर्नमा केही विलम्ब भएको बताउँदै उनले अहिलेको लागि हामीले बाहिरबाटै ल्याउनुपर्ने भएको हुनाले यसको प्रबन्ध भइरहेको जानकारी दिए। प्रदेश र संघको निर्वाचनका लागि हिजो मात्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति तोकी सकिएको र त्यसको तयारी नै अहिलेको प्रमुख काम रहेको मन्त्री बडूले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...