चट्याङ लागेर बैतडीमा वडा सदस्यको मृत्यु

Dadeldhura hospital

बैतडी, २१ वैशाख– बैतडीमा चट्याङ लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं. ६ का वडा सदस्य गोविन्द सिंह भण्डारी रहेका छन् ।
गाउँपालिका कार्यालयका अनुसार भण्डारीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।

Loading...