सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं- मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ४ सय र तेजावी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Navadurga sun
Godawari sandesh

यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँ थियो ।

Couple
Loading...