मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान (प्रेस विज्ञप्ति सहित)

अत्तरिया- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेकाले मतदाता नामावली ऐन, २०७३ अनुसार योग्यता पुगेका नेपाली नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेको हो ।

Navadurga sun

आयोगले भर्खरै नेपाली नागरिकताको प्रमाणपत्र लिएकाहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गराउन अपिल गरेको छ । आयोगले सर्वसाधारण नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि आवश्यक मात्रामा सहजीकरण गरिदिन जिल्लास्थित राजनीतिक दलका संगठन र प्रतिनिधिहरुलाई आग्रह समेत गरी दिन भनी सहसिचव एवम् प्रवत्ता राजकुमार श्रेष्टद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...