सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले वार्षिक बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि प्रदेश सरकारले बजेट ल्याएको हो।

Navadurga sun

यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। तर, बजेटसम्बन्धी विवादका कारण सरकार परिवर्तन भएपछि उक्त बजेट पारित हुन सकेको थिएन।

अघिल्लो सरकारले प्रदेशसभामा पेस गरेका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव आइतबारको बैठकबाट स्वीकृत भएपछि नयाँ बजेट प्रस्तुत गरिएको हो।

नयाँ बजेट सार्वजनिक भएसँगै लामो समयदेखि रोकिएको प्रदेशको बजेट प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...