धनगढीबाट नगद ८१ हजार रुपैयाँसहित ६ जना जुवाडे पक्राउ

धनगढी- कैलालीको धनगढीबाट जुवातास खेलिरहेको अवस्थामा नगद ८१ हजार ३४५ रुपैयाँसहित ६ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित ५५ वर्षीय धनबहादुर सिंहको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार साँझ छापा मारेको थियो। सो क्रममा घरधनी सिंहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद ८१ हजार ३४५ रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...