कैलालीको गोदावरीमा माघ १ देखि माघी मेला संचालन हुने

अत्तरिया, २० पुस– कैलालीको गोदावरीमा मकर मेला लाग्ने भएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले २५ जना उपसमिति बनाएर उक्त मेला संचालन हुने भएको जनाएको छ ।

Dadeldhura hospital

हरेक बर्ष जस्तै मकर संक्रान्तिका दिन गोदावरी धाममा लाग्ने मेलामा स्नान गर्ने र पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । मकर संक्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूणर् पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

Navadurga sun
Godawari sandesh

उक्त मेलामा पुजा तथा पाठ परायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने शिव भगवती मन्दिर पञ्चादस नाम जुना अखाडा तिर्थ धामका अध्यक्ष तुलसी गिरीले बताए ।

पवित्र तीर्थस्थल गोदावरी धाममा मकर संक्रान्तिका अवसरमा यही माघ १ गते देखि ७ गते सम्म माघी मेला संचालन हुने उक्त उपसमितिका संयोजक खेम ओझाले बाताए ।

Loading...