काठमाडौं- हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।






महाशाखाका अनुसार देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।





आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बदली हुने सम्भावना रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले बुधबार देशको हिमाली क्षेत्रका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।




