‘सके दौडौं, नसके हिडौं’ भन्ने नारासहित ‘अब धनगढी दौडिन्छ’ सुरु

धनगढी- हरेक वर्ष जस्तै यो वर्ष पनि धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको सातौँ संस्करणको आयोजना स्वरुप धनगढीका युवायुवतीहरु दौडिएका छन् ।

Dadeldhura hospital

धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडिन्छ’ धनगढी हाफ म्याराथुन २०२१ अन्तरगत धनगढीका युवायुवतीहरु शनिबार विहानै दौडिएका हुन् । ‘सके दौडौं, नसके हिडौं’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले बताए ।

Navadurga sun
Godawari sandesh

म्याराथन ४ वटा विधामा रहेको छ । पहिलो २१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतियलाई २२ हजार २ सय २२ नगद पुरस्कार दोस्रो कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा प्रथमलाई ५ हजार पाँच सय ५५, द्वितीयलाई ३ हजार ३ सय ३३ र तृतीयलाई २ हजार २ सय २२ नगद पुरस्कार राखिएको जनाइएको छ ।

तेस्रो महिला तर्फ ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार छ भने चौथो बिधामा अपांगतालाई ट्राइ साईकल तर्फ पनि सहभागीलाई पुरस्कृत गरिने जनाएको छ । प्रतियोगितामा नवजीवन सहकारीको मुख्य प्रायोजक रहेको छ ।

Loading...