सुदूरपश्चिमका तीन प्रमुख जिल्ला अधिकारीको सरुवा

अत्तरिया- सुदूरपश्चिमका ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । गृह मन्त्रालयले डोटी, बाजुरा र बैतडीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराइलाई चितवन सरुवा गर्दै गृहले उनको ठाउँमा सुनिल खनाललाई पठाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

त्यसैगरी बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेको कारागार कार्यालय पर्सा सरुवा भएको छ । उनको ठाउँमा गोपाल अधिकारी आउने भएका छन् ।

Navadurga sun
Godawari sandesh

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएको छ । राजेन्द्रदेव पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।

Loading...