धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि झोलुङ्गे पुल निर्माण गर्न थालियो

डोटी, ९ पुस– डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि उक्त ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ। दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० मिटर उचाइमा उक्त पुल बन्न लागेको हो।

कोटभैरव तथा दूधेश्वर मन्दिरको प्रचारप्रसार तथा पर्यटकलाई आकर्षित बढाउनकाे लागि उक्त पुल निर्माणको थालनी गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन्। जिल्लाकै इतिहास बोकेका थी दुई पुराना मन्दिरमा पर्यटकको सहजता र पर्यटक भित्र्याउनका लागि पुल निर्माणको सुरु गर्न लागिएकाे नगर प्रमुख मलासीले बताए । दुई डाँडामाथि रहेका धार्मिकस्थलको एकैचोटि दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटकलाइ भित्र्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए ।

Navadurga sun

प्रदेश सरकार र दिपायल सिलगढी नगपालिकाको रु ८६ लाख ३८ हजार ७०० को लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गो पुलको लम्बाइ २०० मिटर छ। देवभूमि कन्स्ट्रक्सन अमरगढी–५, डडेल्धुराले २०७८ असार १७ गते सम्झौता गरी आउँदो २०७९ असार १५ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौता गरिएको छ। पर्यटनको प्रमुख केन्द्रबिन्दु बन्न सक्ने जनाउँदै पुरानो राजदरबार समेत रहेको उक्त ठाउँमा सुदूरपश्चिममा झल्किने परम्परागत बाजागाजा, पहिरन, भाँडाकुँडा लगायतका लोप हुन लागेका चिजलाई राख्ने र सङ्ग्रहालय निर्माण गर्ने योजना समेत रहेको नगरपालिकाले जनाएको छ।

उक्त पुलबाट यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला एअरपोर्ट, राजपुर तथा घोलतडालगायतका होचा फाँट हेर्न मिल्ने भएको हुँदा पर्यटकको आर्कषण बढ्ने समेत बिश्वास लिइएकाे छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...