पत्रकार महासघ कैलालीको अध्यक्षमा जोशी विजयी

अत्तरिया- नेपाल पत्रकार महासघ कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन् । विहिवार सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार उनले आफ्ना प्रतिद्वन्दी श्रवण देउवालाई ७ मतले पराजित गर्दै विजयी भएका हुन् ।

जोशीले ८६ मत ल्याउदा उनका प्रतिद्वन्दी देउवाले ७९ मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार शुशिल ढुंगानाले १४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा हरिश बि.क बिजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी पदम सापकोटालाई ६५ मतले हराउदै बिजयी भएका हुन् ।

Navadurga sun

हरिश बि.क.ले १ सय १७ मत प्राप्त गर्दा पदम सापकोटाले ५२ मत पाएका छन् । महिला उपाध्यक्षमा १०७ मतका साथ दुर्गा देवकोटा बिजयी भएकी छन् । उनका प्रतिद्वन्दी जमुना न्युरेले ६६ मत प्राप्त गरेकी छन् ।

सचिबमा प्रेम चौधरी बिजयी भएका छन् । चौधरीले ८६ मत प्राप्त गर्दा उनका प्रतिदन्द्धी युवराज न्यौपानेले ७३ र निराजन परियारले २४ मत प्राप्त गरेका छन् । सह सचिबमा १३० मत ल्याउदै घनश्याम पौडेल बिजयी भएका छन् भने बिरेन्द्र भट्टले ४० मत प्राप्त गरेका छन् ।

त्यसैगरि कोषाध्यक्षमा लक्ष्मी प्रसाद जैशी बिजयी भएका छन् उनले आफ्ना प्रतिद्वन्दी प्रकाश मिश्रलाई ३१ मतले पराजित गर्दै बिजयी भएका हुन् । सह सचिब समावेशीमा दिनेश कुमार चौधरी, महिला सदस्यमा भावना जोशी, आदिवासी जनजातिमा नरेन्द्र बहादुर चौधरी र दलित सदस्यमा भुपेन्द्र बि.क. निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा ८९ मतका साथ कैलाश जोशी, ८८ मतका साथ दिपकप्रसाद उपाध्याय, ८५ मतका साथ रतनलाल चौधरी, ७६ मतका साथ नेत्रप्रसाद जैशी, ८२ मतका साथ सुनिल आउजी, ७४ मतका साथ नवराज पनेरु, ७७ मतका साथ अंकुशबहादुर कुँवर र ७४ मतका साथ शंकर बोहरा र कृष्णप्रसाद ओझा विजयी भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...