अछाममा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु






अछाम- डोजर दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा डोटीको शिखर नगरपालिकाका करिब ३२ बर्षिय डोजरका अपरेटर किरण बोगटी रहेको प्रहरीले जनाएको छ ।


ऐश्वर्य माध्यामिक विद्यालयबाट सडक मर्मत गर्दै चण्डाली जाने क्रममा भिर भन्ने स्थानबाट करिव १ सय ५० मिटर तल खोलामा खसेर चालक बोगटीको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिए । डोजरका सह चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



