सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा खानेपानी आयोजनाको उद्घाटन
खानेपानी योजना अन्र्तगत ९ हजार ९ सय ३० जना लाभान्बित





अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उद्घघाटन गरिएको छ । आज एक औचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आयोजनाको उद्घाटन गरेका हुन । १५ बर्ष डिजाईन अबधि रहेको श्रीपुर खानेपानी आयोजनाको संघिय सरकार मार्फत निर्माण गरिएको उक्त आयोजना सोहि कार्यक्रममा श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई हस्तान्तरण गरिएको थियो ।


कैलालीको गोदावरी नगरपालिका वडा नं ६ र ७ लालपुरका स्थानियहरुको घर घरमा शुद्ध खानेपानी पुर्याउन थालिको छ । गर्मीको समयमा खडेरीले गर्दा सधै खानेपानी एकदमै हाहाकार हुने गोदावरी नगरपालिका वडा नं ७ टेकुलामा निर्माणाधिन श्रीपुर खानेपानी आयोजनाले स्थानियहरुको घर घरमा शुद्ध खानेपानी पुर्याउन थालेको हो ।



२०७१ सालमा सुरु भएको खानेपानी आयोजनाले वडाबासीलाई यसै बर्षदेखी पानी बितरण गर्न सुरु गरेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिब खम्ब बुढाले जानकारी दिए । उनका अनुसार ८ करोड ५१ लाख ७९ हजार कुल लागत रहेको सो आयोजनामा अहिले सम्म ५ करोड २० लाख रुपैया खर्च भैसकेको छ । सो योजना मार्फत १ हजार ४ सय ७५ घरधुरीका ९ हजार ९ सय ३० जना लाभान्बित हुने उनले बताए । खानेपानी आयोजना अन्र्तगत २ लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, २ वटा डिलिङ डिपट्युबेल, २ वटा भवन, ८ वटा भल्व च्याम्बर र ४९ दशमलव ८० किलोमिटर पाईप विस्तार गरिसकेको सचिब बुढाले बताए ।
अहिले ७ सय ५० घरधुरीमा धारा जडान गरिसकिएको बताउदै उनले बिस्तारै सबै घरधुरीलाई खानेपानीको पहुचमा पुञ्याइने जानकारी दिए । यसमा वडा नं ७ का सबै र वडा नं ६ का आधा स्थानियहरु लाभान्बित हुने उनले बताए । श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष वोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट रहेका थिए भने बिशिष्ट अतिथिमा समाजिक विकास मन्त्री कृष्ण राज सुवेदी रहेका थिए ।
कार्यक्रममा प्रदेश सांसद चुन कुमारी चौधरी, स्थानिय तहका जनप्रतिनिधि, खानेपानी कार्यालयका कर्मचारी बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । खानेपानी कार्यालयका सह व्यवस्थापक तारा अधिकारीले स्वागत मन्त्यव्यवाट सुरु भएको कार्यक्रमको संचालन समितिका सचिव बुढाले गरेका थिए ।



