बाजुरा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाईते




बाजुरा, १९ मंसिर–बाजुरा बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना हुँदा मृत्यु भएकाहरुको नाम खुलेको छ । प्रहरीका अनुसार बुढीगंगा नगरपालिका वडा नम्बर १ बस्ने ६२ बर्षीय खगेन्द्र पाध्याय र ६० बर्षीया प्रकाश नेपाली रहेका छन् ।



घाईते हुनेहरुमा बुढीगंगा नगरपालिका २ बल्दे बस्ने ३४ बर्षीया धनबहादुर केसी र बुढीगंगा नगरपालिका वडा नम्बर एक का धनबहादुर खत्री रहेका छन् । उनीहरुको घाईतेको अवस्था सामान्य रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


अटो चालक खेमराज उपाध्याय भने फरार रहेका छन् । सदरमुकाम मार्तडी देखि जडाङगा जादै गरेको अटो आईतबार साँझ ५ बजे दुर्घटना भएका हो । अटो सडकबाट दुई सय किलो मिटर तल बुढीगंगा नदिको खोलामा परेको जनाएको छ ।



