पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरुलाई उद्योगमन्त्री भट्टको आग्रह

काठमाडौँ- नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत मस्याहरुलाई समाधान गर्न सरकार लागि परेको बताए ।

उक्त दुई दिने सम्मेलनको शुक्रबार पहिलो दिनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताएका छन् । उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताए । यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको बताए । विपरीत विचार हुनेहरुले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडी बढीरहेको भएपनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए । निजी क्षेत्र नाफा मुखी हुने र सोही अनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको पनि बताए । तर सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाले बताए । अनुगमन गर्दा आचार संहिताभित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनैपनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न सरकारसँग आग्रह गरे ।

कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका छन् ।

Loading...