जब जहाजलाई यात्रुले आफैं धकेल्न थाले…

बाजुरा, १५ मंसिर- बाजुराको कोल्टी विमानस्थलमा अवतरणको क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुले जहाजलाई आफैं धकेलेर रनवे खाली गराएका छन्।

बुधबार दिउँसो १ बजे हुम्लाबाट नेपालगञ्जका लागि उडेको यती एयरको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा जहाजको टायर पन्चर भएको हो। यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले अरू जहाज अवतरण गराउनुपर्ने र त्यसका लागि रेनवेबाट जहाज हटाउन उपकरण नभएका कारण यात्रुले जहाज धकेल्नुपरेको जानकारी दिए।

Navadurga sun

जहाजको टायर फ्लाट भएपछि त्यहाँ अरू जहाज अवतरण गराउन रवने खाली गराउनलाई जहाज तान्ने उपकरण छैन। त्यसैले यात्रुको सहायताले जहाजलाई धकेलेर साइड लगाइएको हो, उनले भने। बर्तौलाले पन्चर भएको जहाजको आजै टायर फेरिसकिएको र जहाज यात्रु लिएर दिउँसै नेपालगञ्ज फर्किसकेको जनाए।

ADD Khali jpg
ADD Khali jpg
Loading...