गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु

बैतडी- गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका वडा नं. ३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

Dadeldhura hospital

गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । चैत १४ गते घरमै रहेका बेला आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएको प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ । उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...