बाजुरामा भेटियो अशक्त बाघ

बाजुरा, ३ म‌ंसिर– बाजुरा स्थित बुढिगंगा नदीको किनारमा अशक्त पाटे बाघ भेटिएको छ । बुढी गंगा नगरपालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकै बुढीगंगा नदी किनारामा देखिएको बाघ उठ्न र हिड्न नसक्ने अवस्थामा रहेको स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार बाघ पटक पटक उठ्न खोजिरहेको देखिन्छ । तर उठ्न नसकेर एउटै स्थानमा बसेको बाजुराका मानबहादुर बोहराले बताए ।

Bhancha ghar0

सामाजिक अभियान्ता बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए । ‘बाघलाई चोट लागेको हो वा विरामीहो त्यो थाहा भएन,’उनले भने, ‘तर पटक पटक उठ्ने प्रयास गरिरहेको बाघ उठ्न सकिरहेको छैन, अशक्त अवस्थामा नदी किनारमा पल्टि रहेको छ ।’

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले नदी किनारमा बाघ भएको जानकारी आएपछि वनका पदाधिकारी र सुरक्षाकर्मी सो स्थानमा परिचालन गरिएके बताए । सुरक्षा कर्मी घटनास्थलमा पुगिनसकेका कारण थप विवरण आउन बाँकी रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.