पाँच महिनापछि मार्तडीमा बस

बाजुरा, २८ कार्तिक- जेठको अन्तिम साताबाट बन्द भएको साफे मार्तडी सडक खण्ड पाँच महिनापछि खुलेको छ। साफे मार्तडी सडक खण्डको द्धारी क्षेत्रमा गएको पहिरोका कारण पाँच महिनादेखी बल्देबाट बस सेवा सञ्चालन हुँदै आएकोमा आईतबारबाट सदरमुकाम मार्तडीबाट सूचारु भएको हो।

Dadeldhura hospital

आइतबार सदरमुकाम मार्तडीमा सुदुरपश्चिम यातायात, महाकारी, पवनदुत्त, जयमालिका भेरी यातायातका बस पुगेका छन्। यसअघि वर्षातको समयमा साँफे मार्तडी सडक खण्डअन्तरर्गत बल्देदेखि दवारी सम्मको सडकमा पहिरोका कारण बस सेवा सदरमुकामसम्म सूचारु हुन सकेको थिएन। जसका कारण बसहरु बल्देबजारबाट सूचारु हुँदै आएको थियो। साँफे–मार्तडी सडक खण्डअन्तरर्गत बल्दे दवारी सडकमा वर्षातमा भत्केको सडकलाई बस सेवा सूचारु हुने गरी सडक विभागले निर्माण गरेपछि आजबाट सदरमुकाम मार्तडीबाटै बस सेवा सञ्चालन हुने भएको काउन्टर इन्चार्ज ध्रुव रोकायाले बताएका छन्।

Navadurga sun
Godawari sandesh

लामो समयपछि सदरमुकाम मार्तडीबाटै बसमा यात्रा गर्न पाउने भएपछि स्थानीयबासीहरु खुसी छन्। यसअघि स्थानीयहरुले धनगढी सम्मजानको लागि ३ वटा गाडीहरुमा यात्रा गरेर जान बाध्य भएका थिए।

आजबाट सदरमुकाम मार्तडीबाट बस सेवा सूचारु भएपछि स्थानीयहरुले जिल्ला बाहिर जाँदा सिधै बसमा यात्रा गरेर मार्तडीबाट जान सक्नेछन्। यता प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार बल्दे दवारी सडकमा यात्रुबाहक बसहरु नियमित सञ्चालन हुने गरी भत्केको सडकको थप स्तरोन्नति गरिएको छ।

Loading...