दार्चुलामा लेकम क्षेत्रको दोस्रो ठुलो जयपुर जात्रा आज राती लाग्दै

RBB Bank Suvakamana
Purbadhar dadeldhura

दार्चुला, २७ कार्तिक- दार्चुलाको लेकम क्षेत्रको प्रशिद्ध जयपुर जात्रा हेर्न शनिबार हजारौ मानिसहरु र दर्शनार्थीहरु रिठाचौपाताको जयपुर जानेक्रम जारी रहेको छ ।

Malpot office dadeldhura

कार्तीक शुक्ल नवमिका दिन लटिनाथ मन्दीर जयपुरमा लाग्ने जात्रा हेर्न दार्चुलाका अधिकासं क्षेत्रसहित बैतडी लगायत जिल्ला र भारतको पिथौरागढ बाट समेत भक्तजनहरु रिठाचौपाता पुगेका छन् । लेकम ५ जयपुर लटिनाथ मन्दीरमा शनिबार बिहानैदेखी ब्यापारी, दर्शनार्थी तथा दर्शक मानिसहरु आउँनेक्रम शुरु भएको थियो । बिहानदेखी निरन्तर मानिसहरु आएसंगै मन्दीर परिसर भरीभराउ भएको र बाजागाजा र पुजाआजाको चहलपहल बढ्दै गएको बताइएको छ ।

जात्रामा शनिबार रातभरी र आइतबार बिहाँन समेत पुजाआजासंगै खेलहरु खेल्ने, दामाहा लगायत बाजागाजाहरु बजाउने र रमाइलो गरेर जात्रा मनाउने गर्दछन् । जात्रापर्बको दिनहरुमा मन्दीरमा गएर पुजा आराधना गर्दा मनोबान्छीत फल प्राप्त हुने जनबिश्वास रहेको पाइन्छ । जयपुर जात्रामा ब्यपार ब्यबसायकोलागी सयौ ब्यबसायिहरु होटल, पसलहरु थापेर बसेका छन ।

काठका भाडाहरुदेखी अन्य खाद्यबस्तुहरु ब्यपारकोलागी पशल थापेर ब्यपारीहरु जयपुरमा शनिबार बिहानैदेखी बसेको लेकमका स्थानीयहरुले जानकारी दिएका छन । जयपुर जात्रामा ब्यपारीहरुले लाखौको ब्यपार गर्नेगरेका छन । हजारौ मानिसहरुको उपस्थिति रहने जात्रामा रातभरी दामाहा बजाउँने, डेउडा, खेल, ठाडो खेल, ढुस्कु, धुमार लगायतका स्थानिय लोक संस्कृति झल्कने खेलहरु खेलेर रमाइलो गर्ने गरीन्छ । जात्रामा ठुलो संख्यामा मानिसहरुको भिडभाड हुने भएकोले शान्ति सुरक्षाकालागी सुरक्षाकर्मी र जात्रा ब्यबस्थापन समिति सक्रिय भएर लागेको आयोजक समितिले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...