बडिमालिकामा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

बाजुरा, २२ कार्तिक– जिल्लाको बडिमालिका नगरपालीका वडा.नं.६ कोर्धमा प्रथम वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । शुभ दीपावलीको अवसर पारि वडा नं.६ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको प्राङ्गणमा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । ‘

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको वडा नं. ६ कि वडा अध्यक्ष कला बडुवालले बताइन् ।

Navadurga sun

सोमबारवाट सुरु भएको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता खेलकुद वडा.नं. ६ को आयोजनामा संचालन गरिएको वडा अध्यक्ष बडुवालले बताएकी छन । सो प्रतियोगितामा केटा तर्फ ७ केटीका ५ ओटा टिम गरि ११ वटा टिम दर्ता भई सोमबार प्रतियोगिताको उद्धघाटन गरिएको छ ।

दर्ता भएका टिमहरू बिच प्रतिस्पर्धा हुने खेलमा प्रथम पुरस्कार १५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र, दृतिय पुरस्कार १० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ७ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण पत्र व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य बिबेक शाहले गरेका थिए । वडा अध्यक्ष कला बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका काग्रेस सभापती तथा उद्योग बाणिज्य संघका प्रदेश सचिव गोपाल कार्की रहेका थिए भने नेकपा एमालेका परे बडुवाल बिषिष्ठ अतिथि रहेका थिए भने कार्यक्रमको संचालन उमेश बडुवालले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...