साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली





काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढाउने घोषणा गरेका छन् ।



मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए । सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै उनले अरु काम पनि गर्दै जाने बताए ।


ओलीले भने- ‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ गते देखि लागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’



