बाजुराका ६७ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

बाजुरा- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बाजुराका ६७ वटा वडा र सात पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ। 

आजसम्म जिल्लाका ६९ मध्ये ६७ वडा र नौवटा स्थानीय तहमध्ये सात वटामा सर्वसम्मत नेतृत्व चयन भएको हो। नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालका अनुसार गौमुल गाउँपालिका–४ र ५ बाहेक अन्य सबै वडामा सफलतापूर्वक अधिवेशन सम्पन्न भएको छ। 

Navadurga sun

पार्टीको पालिका अधिवेशनअन्तर्गत हिमालीमा चन्द्रादेवी बुढा, खप्तड छेडेदहमा हर्कबहादुर शाही, स्वामीकार्तिक खापर गाउँपालिकामा विष्णु बुढा सभापति रहने गरी सर्वसम्मत नयाँ नेतृत्व चयन भएको बडुवालले बताए। 

उहाँका अनुसार जगन्नाथमा कपुर गिरी, बुढीनन्दामा टेकबहादुर रोकाया, बडीमालिका नगरपालिकामा उमाकान्त उपाध्याय र गौमुल गाउँपालिकामा गोरख रोकाया सभापति चयन भएका छन्। अब बाँकी रहेका त्रिवेणी र बूढीगङ्गामा सर्वसम्मत नेतृत्व चयन गर्न खोजिएको र हालसम्म सहमतिकै प्रयास भइरहेको पार्टी उपसभापति बडुवालले जानकारी दिएका छन्। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...