महिनावारी स्वच्छता व्यवस्थापनका लागि वातावरणमैत्री सेनिटरी प्याड

डडेल्धुरा, १२ कार्तिक– डडेल्धुरामा पहिलो पटक ‘फ्रीडम’ ब्रान्ड नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको छ । नेपाल सिआरएस कम्पनीले बिहीबार अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा एक क्रमकाबीच सेनिटरी प्याडको शुभारम्भ गरेको हो ।

Dadeldhura hospital

अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वल्ड २०१५ इभाना मानन्धरलगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड हस्तान्तरण गर्दै शुभारम्भ गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

ग्रामिण क्षेत्रमा मातृ तथा बाल शिशु स्याहार सुधार आइसिएम सिसिआर कार्यक्रमअन्तरर्गत महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लुबीचको सहकार्यमा प्याडको शुभारम्भ गरिएको सिआरएसका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले जानकारी दिए ।

यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेल्धुरासहित बैतडी, डोटी र बझाङमा लागू छ। यस कार्यक्रमले विद्यालयका छात्रालगायत महिलाहरूमा महिनावारीका बेला सकारात्मक परिवर्तनको ज्ञान दिने अपेक्षा लिइएको छ । कार्यक्रम सञ्चालन भएका जिल्लामा वातारणमैत्री प्याड सुथत मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनावारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवस्थापनमा सहयोग पुगाउने लक्ष्य लिइएको छ । नगर प्रमुख ओझाले नेपाली समाजमा व्याप्त सामाजिक विभेद अन्त्य गर्न बायोडिग्रेडेबल प्याडले सामाजिक बजारीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, यो भेदभाव अन्त्य गर्न सबैजना विशेष गरी समुदायका पुरुष सदस्यहरू एकजुट हुनुपर्ने बताए ।

Loading...