मन्त्री पोखरेलद्वारा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्ने तयारी

अत्तरिया- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्।

शुक्रबार धनगढीमा आयोजित शिक्षा संवाद कार्यक्रममा सहभागी हुन आएका मन्त्री पोखरेलले गेटामा निर्माणाधीन अस्पताल, एकेडेमिक भवनलगायत विश्वविद्यालयअन्तर्गतका विभिन्न संरचनाको स्थलगत अनुगमन गरेका हुन्।

Navadurga sun

अनुगमनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्ने तयारी भइरहेको बताए। विश्वविद्यालय सञ्चालनका लागि भइरहेका प्रयास तथा सहयोगका लागि सम्बन्धित सबै पक्षलाई धन्यवाद दिँदै उनले आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए।

मन्त्री पोखरेलले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा अन्य व्यवस्थापनका विषयमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए।

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन भएपछि सुदूरपश्चिममा स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवाको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...