कञ्चनपुर- कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११, गड्डाचौकीबाट प्रहरीले भीमदत्त नगरपालिका–५ सुकासाल बस्ने २७ वर्षीय सुरज लुहारलाई पक्राउ गरेको हो।

शुक्रबार दिउँसो लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुहारको साथबाट ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो।
पदार्थ फेला परेपछि प्रहरीले लुहारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
