ट्राफिक नियम मिच्ने १४१ सवारी धनी कारबाही
एकैदिनमा ५९ हजार भन्दा बढी राजश्व सङ्कलन





धनगढी- फागु पूर्णीमा अर्थात् होली पर्वमा सवारी नियम उलंघन गर्नेहरुबाट कैलाली प्रहरीले कारबाही थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आईतबार मात्रै १ सय ४१ सवारी धनीलाई कारबाही गरेको जनाएको छ ।



ट्राफिक नियम मिच्नेहरू कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् । आइतबार मात्रै ५९ हजार ८ सय रुपैयाँ समेत प्रहरीले राजश्व सङ्कलन गरेको छ ।


३४ सवारी साधनका कागजपत्र नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । सवारी साधन प्रयोग गर्दा आवश्यक सबै कागजपत्र नबोक्नेहरूका भएका कागजपत्र नियन्त्रणमा लिइएको उनले बताए । सामान्य त्रुटी गर्ने ५ सय बढिलाई ट्राफिक नियमबारे जानकारी गराइएको उनले बताए । प्रहरीले आइतबार मात्रै एक दिन ३ हजार बढी सवारी साधनको चेकजाँच गरेको थियो ।



