सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

धनगढी- सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा नेता खगराज भट्ट नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिने जानकारी दिएका छन्।

Navadurga sun

यसअघि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहीबार साँझ आह्वान गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...