सुदूरपश्चिममा नेकपा–एमाले गठबन्धनको सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्दै

धनगढी- सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन्। नेकपाका नेता भट्टले नेकपा एमालेको समर्थनमा तोकिएको समयभित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

Navadurga sun

भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुखले शुक्रबार नै उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ। त्यसपछि दिउँसो ३ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको नेकपाका एक सांसदले जानकारी दिएका छन्।

नयाँ सरकार गठनसँगै शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटसमेत भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउनेछन्।

एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जनाएको छ।

यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि शाहले बिहीबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...