सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

धनगढी- सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख नजिर मियाँले स्वीकृत गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो। शाहको राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

Navadurga sun

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म तोकिएको छ। दाबी पेस गर्दा सम्बन्धित दलहरूको समर्थनसहित आवश्यक बहुमत जुटाउन सक्ने आधारसमेत प्रस्तुत गर्नुपर्नेछ।

यससँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरणको प्रक्रिया अघि बढेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...