धनगढी- कैलालीको गोदावरीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाबाट अवैध लागूऔषध खैरो हेरोइन ७५० मिलिग्रामसहित गोदावरी नगरपालिका–९ बस्ने २७ वर्षीय ध्रुब जोशीलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला उनलाई पक्राउ गरेको जनाएको छ।
