सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी, नेकपा नेतृत्वमा सरकार बन्ने सम्भावना

धनगढी- सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपाबीच केन्द्रको सहमतिअनुसार नयाँ सरकार गठनको तयारी भइरहेको छ। सहमतिअनुसार नेकपाका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन्।

नेकपा र एमालेले शाहलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। प्रदेश सभामा नेकपा र एमालेसँग संयुक्त रूपमा ३२ सांसद रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत उनीहरूसँग रहेको छ।

Navadurga sun

हाल सुदूरपश्चिम प्रदेश बजेटविहीन अवस्थामा रहेको छ। नयाँ सरकार गठन भएपछि शीघ्र बजेट ल्याएर प्रदेशको आर्थिक गतिविधिलाई सहज बनाउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...