आजदेखि तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले आजदेखि आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले उल्लेख्य वर्षा हुने सम्भावना रहेको छ।

Navadurga sun

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। साथै, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न विभागले अनुरोध गरेको छ।

आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने, अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा हिमाली क्षेत्रमा केही स्थानमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि अधिकांश स्थानमा वर्षा जारी रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...