सुदूरपश्चिम स्पोट्र्स अवार्ड : मानमती बिष्ट वर्ष उत्कृष्ट महिला खेलाडी घोषित

कैलाली- सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्डअन्तर्गत ‘वर्ष उत्कृष्ट महिला खेलाडी’ को उपाधि कबड्डी खेलाडी मानमती बिष्ट ले जितेकी छन्।

धनगढीमा खेलकुद पत्रकार मञ्चद्वारा आयोजित अवार्ड समारोहमा बिष्टलाई ट्रफीसहित नगद ३५ हजार रुपैयाँ प्रदान गरिएको हो।

Navadurga sun

यस विधामा दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी, कबड्डीकी मानमती बिष्ट र फुटबलकी मिना देउवा मनोनयनमा परेका थिए।

मानमती बिष्टले चीनमा सम्पन्न छैटौँ बीच एसियन गेम्स मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने टोलीको कप्तानी गरेकी थिइन्। साथै, बङ्गलादेशविरुद्धको पाँच खेलको कबड्डी शृंखलामा नेपालले ३–२ को जित हासिल गर्दा उनी दुई खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन् भने प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी समेत बनेकी थिइन्।

त्यसैगरी, दोस्रो कबड्डी विश्वकप मा नेपाली टोलीको कप्तानी गर्दै नेपाललाई चौथो स्थानसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

अवार्ड ग्रहणपछि बिष्टले यो सम्मान आफ्नो एक्लो प्रयासको परिणाम नभएको बताउँदै प्रशिक्षक, टोलीका सदस्य, परिवार तथा शुभेच्छुकहरूको साथ र सहयोगकै कारण यो उपलब्धि हासिल गर्न सकेको बताइन्। उनले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

ADD Khali jpg
Loading...