अत्तरियाबाट एक महिला बेपत्ता, परिवारद्वारा खोजीमा सहयोगको अपिल

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गौरीग‌ंगा नगरपालिका–४, चौमाला बाटेगडा निवासी ५१ वर्षीय देवबहादुर रोक्काले आफ्नी श्रीमती ४० वर्षीया सन्तोषी रोक्का असार १ गतेदेखि अत्तरियाबाट हराएको परिवारले अत्तरिया न्यूजलाई जनकारी गराएको छ ।

श्रीमान् देवबहादुरका अनुसार सन्तोषीको मानसिक तथा शारीरिक अवस्था सामान्य रहेको र हराएको दिनदेखि नै घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेती मा जानकारी गराइएको भए पनि हालसम्म उनको कुनै अत्तोपत्तो लाग्न सकेको छैन ।

Navadurga sun

पीडित देवबहादुर रोक्काले आफू सामाजिक सञ्जाल नचलाउने भएकाले घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिन नसकेको बताए । उनी कामको सिलसिलामा अछाममा रहेका बेला घर फर्किएपछि पत्नी हराएको थाहा पाएको उनको भनाइ छ ।

हराएकी सन्तोषी रोक्काबारे कसैलाई कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा मोबाइल नंम्वर ९७६३८२६४३० सम्पर्क गरी परिवारजनलाई जानकारी गराइदिन परिवारले आग्रह गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...