वर्षाको कामनासहित धनगढीमा भ्यागुताको विवाह

धनगढी- धनगढीमा अत्यधिक गर्मी र लामो समयदेखि पर्याप्त वर्षा नभएको अवस्थामा पानी परोस् भन्ने कामनासहित भ्यागुताको विवाह सम्पन्न गरिएको छ।

धनगढीस्थित गोठालो बेकरी तथा रेस्टुरेन्टले शनिबार विशेष कार्यक्रम आयोजना गरी भ्यागुता र भ्यागुतीको परम्परागत विधिअनुसार विवाह गराएको हो। वर्षा गराउने जनविश्वासका आधारमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Navadurga sun

पछिल्ला केही सातादेखि धनगढीसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्नुका साथै पर्याप्त वर्षा नहुँदा जनजीवन प्रभावित बनेको छ। यही अवस्थालाई मध्यनजर गर्दै वर्षा होस् र गर्मीबाट राहत मिलोस् भन्ने उद्देश्यले भ्यागुताको विवाह सम्पन्न गरिएको हो।

कार्यक्रममा स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। विवाहमा माला लगाउने, टीका लगाउने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमसमेत गरिएको थियो।

नेपालका विभिन्न स्थानमा खडेरी परेको वा वर्षा ढिलो भएका बेला भ्यागुताको विवाह गराउने परम्परा रहँदै आएको छ। यसलाई प्रकृति र वर्षासँग जोडिएको सांस्कृतिक विश्वासका रूपमा लिने गरिन्छ। कार्यक्रमको अन्त्यमा आयोजक गोठालो परिवारले चाँडै वर्षा भई सबैले गर्मीबाट राहत पाउने अपेक्षा व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...