कैलालीको चिफ्ले झरनामा खसेर बेपत्ता युवक मृत फेला

धनगढी- कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो करिब ४ बजेतिर चुरे गाउँपालिका–५ स्थित सुरुंगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएका थिए।

Navadurga sun

पन्त झरनामा खसेपछि उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सुरक्षाकर्मीले निरन्तर खोजी गर्ने क्रममा आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल उनको शव फेला पारेका हुन्।

प्रहरीका अनुसार शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...