कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते

काठमाडौं-  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी साउन २ र ३ गते सञ्चालन गर्ने जनाएको छ। परीक्षा दुवै दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भई अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका र बढीमा दुई विषयमा ननग्रेडेड (NG) भएका वा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन योग्य हुनेछन्।

Navadurga sun

शुक्रबार सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन्। नियमिततर्फको उत्तीर्ण प्रतिशत ६९.७५ रहेको छ। त्यस्तै, आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकामा ३६ हजार ४२० जना मात्र ग्रेडेड भएका छन्, जसको उत्तीर्ण प्रतिशत ४२.३८ रहेको छ।

समग्रमा नियमित र आंशिक गरी ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएकामा ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डले पूरक परीक्षालाई विद्यार्थीका लागि आफ्नो शैक्षिक नतिजा सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...