बैतडीमा बस दुर्घटना : १ जनाको मृत्यु, १० जना घाइते

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–४ साईलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

शुक्रबार साँझ करिब ५:४० बजे धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको थियो।

Navadurga sun

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १२ जना सवार रहेका थिए। घाइते १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बस चालक पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशव सिंह महरा भने सकुशल रहेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...