रास्वपाको सुदूरपश्चिम नेतृत्व चयनका लागि मतदान अन्तिम चरणमा

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयनका लागि सोमबार राति ९ बजेदेखि सुरु भएको मतदान अन्तिम चरणमा पुगेको छ।

Ganyapdhura gau
Dadhaldhura pur

निर्वाचन समितिका अनुसार सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयनका लागि मतदान भइरहेको छ। मतदान सम्पन्न भएलगत्तै मंगलबार नै मतगणना गरिने तयारी गरिएको छ।

Navadurga sun

सभापति पदका लागि निवर्तमान सभापति इन्जिनियर प्रकाश विष्ट र प्रतिनिधि सभा सदस्य जनक सिंह धामीबीच प्रतिस्पर्धा भइरहेको छ। कुल खसेको मतको ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ।

पहिलो चरणमा सभापति, भूगोल, समावेशी तथा खुला सदस्यको मतगणना सम्पन्न भएपछि मंगलबार नै दोस्रो चरणको मतदान गर्ने तयारी पनि गरिएको छ। पहिलो चरणमै सभापति निर्वाचित भएमा दोस्रो चरणमा उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री तथा कार्यसमिति सदस्य पदका लागि निर्वाचन हुने जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...