रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट र जनक सिंह धामी बीच प्रतिस्पर्धा

धनगढी- धनगढीमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम महाधिवेशन अन्तर्गत प्रदेश सभापति पदका लागि इन्जिनियर प्रकाश विष्ट र जनक सिंह धामीले उम्मेदवारी दर्ता गराएका छन्।

संस्थापक सभापति विष्टले चार वर्ष तदर्थ समितिको नेतृत्व गरिसकेकाले एक पूर्ण कार्यकालका लागि पुनः उम्मेदवारी दिएका हुन्। उनलाई चुनौती दिँदै कञ्चनपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य जनक सिंह धामी पनि सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन्।

Navadurga sun

यसअघि दार्चुलाका जनक पन्तको नाम पनि चर्चामा रहे पनि उनले उम्मेदवारी दर्ता गरेनन्। दुवै उम्मेदवारबीच प्रतिस्पर्धा निश्चित भएसँगै पार्टीभित्र सहमतिको प्रयास जारी छ। सहमति हुन नसके आज राति नै मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...