पिकअप भेनले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

कैलालीको लम्की चुहा वड नम्बर ६ गुलरामा पिकअप भेनले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन्। पुर्वबाट पश्चिम जाँदै गरेको लु १ च ९५०९ नम्बरको पिकअप भेनले पश्चिम तर्फ आउँदै गरेको मोटरसाईकल सु प्र प्र ०१-००९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्बर १० का अनदाजी बर्ष २५ सन्तोष रोकाया र अन्दाजी बर्ष २७ का देवन्द धामी घाईते भएका हुन् ।

उनिहरुको गुलरामा रहेको मालीका अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर शिक्षण अस्पताल रिफर गरिएको छ भने पिकअप भेन चालाक फरार भएका छन् । फरार रहेका चालकको खोजीकार्य तथा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Loading...