बजेट भाषणः वैदेशिक रोजगारी र विप्रेषण सम्बन्धी नयाँ सरकारी नीति सार्वजनिक

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सीपमा आधारित बनाउने उद्देश्यसहित विभिन्न नयाँ कार्यक्रम घोषणा गरेको छ। आगामी नीति अनुसार विप्रेषणलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने भएको छ।

सरकारले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप र दक्षताको उपयोग गर्न “रिटर्नी माइग्रेन्ट कार्यक्रम” सञ्चालन गर्ने जनाएको छ। साथै युवाहरूलाई छोटो अवधिका तथा कार्यस्थलमा आधारित तालिममार्फत सीपयुक्त जनशक्ति तयार गरिनेछ।

Navadurga sun

वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन श्रम सम्झौताहरू पुनरावलोकन गरिने र नयाँ गन्तव्य मुलुकहरूसँग थप सम्झौता गर्ने योजना पनि समावेश गरिएको छ। विदेशमा समस्यामा परेका नेपालीको उद्धार तथा मृत्यु भएका श्रमिकहरूको शव स्वदेश ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको छ।

त्यस्तै, सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था लागू गरिनेछ। बिना धितो ऋण, किस्ताबन्दी भुक्तानी, तथा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गर्दै वैदेशिक रोजगारलाई अझ पारदर्शी र श्रमिकमैत्री बनाइने सरकारको लक्ष्य छ।

सरकारले शून्य लागतमा वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्दै सेवा शुल्क पनि श्रमिकमैत्री बनाउने नीति अघि सारेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...